काठमाडौँ ।
हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा । ।
कवि सिद्धिचरण श्रेष्ठले लेख्नुभएको यो कविताझैँ दुर्गा भवानीको पूजा (बडा दसैँ) सकिएलगत्तै मनसुन पनि समाप्त भएपछि नेपाली आकाश छ्याङ्ग खुलेको छ । न जाडो र न गर्मी, अत्यन्तै रमाइलो मौसम सुरु भएको छ ।
वातावरणविद्का भनाइमा वर्षभरिमा यो मौसम अत्यन्तै रमाइलो र स्वच्छ वातावरण भएको समय मानिन्छ । वर्षाको हिलो धूलो सकिएर हिउँद लागिनसक्दाको यो समयलाई मौसमविद्ले ‘मनसुनपछिको अवधि’ नामकरण गर्ने गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार नेपालबाट मनसुन गएपछि यो ‘पोस्ट’ मनसुनको अवधिमा प्रायजसो आकाश खुला हुने, पानी, हिउँ नपर्ने, वातावरण पनि स्वच्छ हुन्छ । पानी नपर्दा र आकाश खुल्दा पर्यटन व्यवसायका लागि यो अवधि निकै उपयुक्त मानिन्छ । यो अवधिमा हिमाल हेर्न विदेशी पर्यटक नेपाल भित्रिने र हिमालमा टे«किङमा जाने गर्छन् ।
यो समयमा उच्च हिमाली क्षेत्रमा जाडो बढ्ने हुँदा लेकबाट भेँडा, च्याङ्ग्रा, चौँरी गाई, भैँसी, घोडा लिएर गोठाला पनि तल बेँसीतिर सर्ने तयारी गर्ने गर्छन् भने भोटबाट ढिके नुन बँेसीमा अन्नसँग साट्ने भोटे व्यापारी व्यापारका लागि आउने सुरसार कस्ने गर्छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका भेँडी गोठ खाली हुने मानवशास्त्री सन्तोष पौडेलले बताउनुभयो । मानवशास्त्री पौडेलले भन्नुभयो, “लेकबाट बेँसीतिर र पहाडबाट तराईतिर छोटो अवधिका लागि बसाइँ सराइ सर्ने बेला यो हो । मानिसले गर्मीका लुगाकपडा थन्काएर हिउँदमा लगाउने बाक्लो लुगाकपडा निकाल्ने र खरिद गर्ने मौसमका रूपमा लिइन्छ । ”
मानव स्वास्थ्यका दृष्टिले यो अवधि निकै उपयुक्त मानिने डा. नीराजन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसम बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि राम्रो मानिन्छ । न जाडो न गर्मी हुने भएकाले चिसो र गर्मीबाट हुने रोगविहीन मौसम भन्न सकिन्छ ।
फूलै फूलको मौसमका रूपमा चित्रित शरद ऋतुको मध्यतिरको यो अवधिमा वर्षभरि फुल्ने फूलमध्ये अधिकांश फूल फक्रिसक्ने भएकाले यो अवधि जैविक विविधता अध्ययन अनुसन्धानका लागि निकै राम्रो मानिने राष्ट्रिय वनस्पति उद्यान गोदावरीका प्रमुद दीपक लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार यो मौसममा प्रशस्त फूल फुल्ने भएकाले रस चुस्न पुतली, चरा आउने हुँदा परागसेचन हुने र चरा, पुतली र फूलको अध्ययन गर्नका लागि यो अवधि निकै महìवपूर्ण मानिन्छ ।
यसपटकको मनसुनमा औसतभन्दा बढी पानी परेको छ । जसका कारणले यो पटकका वर्षेबाली राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेटियोरोलोजिस्ट प्रतिमा मानन्धरका अनुसार देशभरका २० वटा सुविधासम्पन्न मौसम स्टेसनमा मनसुनका चार महिना जुन, जुलाई, अगस्त र सेप्टेम्बर २३ सम्मको अवधिमा एक हजार ६६२ मिलिमिटर पानी परेको छ । यो अवधिका औसत वर्षा एक हजार ५०९ मिलिमिटर मानिन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 200