Aamsanchar

लागुऔषधसहित चार पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

झापा।

laguausad

झापा र मोरङबाट प्रहरीले सोमबार लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ।

मोरङको विराटनगर-२१ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा धरान-१५ महादेव चोक बस्ने २३ बर्षिय रोमन तामाङलाई लागुऔषध डाईजोल्याब-७, लुपिजेसिक-७ पिस र ऐभिल-७ एम्पुल सहित पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

त्यस्तै झापाको मेचीनगरपालिका-१० बाट प्रहरीले ४ बोतल कोरेक्स र ५० ग्राम गाँजासहित भारतीय नम्बर डब्लु बि ७४ टी ९५६ को मोटसाइकलमा सवार सिक्किम गान्टोक बस्ने ३६ बर्षिय प्रताप क्षेत्री, ४० बर्षिय गणेश क्षेत्री, र उक्त सामान लिन आएका झापा शनिश्चरे(५ बस्ने ३७ बर्षिय मधु खड्कालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई बेलुका ७ बजे पक्राउ गरेको हो। लागुऔषधहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर