चारपाने । झापाको बिर्तामोड–२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयको ५३ औं बार्षिकोउत्सव समारोहमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा निवर्तमान महान्यायाधिवक्ता,पूर्वमन्त्री तथा सांसद अग्नीप्रसाद खरेल, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार बि.क., उत्कृष्ठ शिक्षकहरु कल्पना ओली, मुकुन्द ढकाल, डम्बरुबल्लभ ओझा, अमित कुमार शर्मा, डिप्लोमा इर्न सिभिल इन्जिनियरी प्रथम निराजन भट्टराई, कक्षा ११ उत्कृष्ठ विद्यार्थी वितिशा पौडेललाई सम्मान गरिएको थियो ।
शुक्रबार आयोजित भव्य समारोहका चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान द्वारा बर्ष उत्कृष्ठ शिक्षक अनिता कार्की बस्नेत, कक्षा ११ उत्कृष्ठ छात्र तर्फ निराजन भट्टराई, छात्रा तर्फ प्रमिला जोगी, वितिशा पौडेल त्यसैगरी कक्षा १० उत्कृष्ठ छात्र सुमन भट्टराई र छात्रा पाल्पासा सेढाई, कक्षा ८ उत्कृष्ठ छात्र रिदम राई, छात्रा प्रनिता बास्तोला, विद्यालय प्रथम नविन सहनी, विद्यालय द्वितीय अयूप राई, विद्यालय तृतीय अनिस माझी, मौसम राजवशीलाई सम्मान गरिएको थियो ।
पूर्व शिक्षक राजेन्द्रकुमार संग्रौला द्वारा स्थापित कोषबाट शैक्षिक सत्र २०७६ मा कक्षा ५ मा सर्वोकृष्ठ अंङ्क हासिल गर्ने विशाल चौधरी र पिंकी चौरसिया सम्मानित भएका छन् । शैक्षिक सत्र २०७६ मा नर्सरी देखि कक्षा ११ र डिप्लोमा ईन सिभिल इन्जिनियरी कक्षामा उत्कृष्ठ नजिता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बिर्तामोडमा सामुदायिक विद्यालयहरु मध्ये शिर्षस्थानमा रहेको मोहनमायामाको बार्षिकोउत्सवमा विद्यार्थीहरुले विभिन्न जातिय साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा सम्मन सभालाई नेपाल सरकारका पूर्व महान्यायधिवक्ता अग्नीप्रसाद खरेको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेलले मोनमायाले शिक्षाको क्षेत्रमा देखाएको उदारणिय कार्य अरु सामुदायिक विद्यायको लागि प्रेरणा दिने र सिक्ने थलो बनेको भन्दै कार्यरत शिक्षक कर्मचारीको प्रशंषा गरेका थिए । मन्तव्यकै क्रममा नगर शिक्षक महासंघ विर्तामोड अध्यक्ष युवराज कट्टेल, बिर्तामोड वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र प्रसाद संग्रौला, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार बि.क.पूर्व सांसद राष्ट्रिय सभा सदस्य माननीय हरिचरण शिवाकोटी, संविधान सभा सदस्य शुधिर कुमार शिवाकोटी लगायतले विद्यालयले गरेको सफल कार्यको प्रशंषा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत शिक्षक अनिता बस्नेत कार्कीले गरेकी थिइन । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक भवानी राजवंशीले गरेका थिए ।