Aamsanchar

इन्डोनेसियामा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

Author Image
शनिवार, चैत २८, २०७७

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुनामीको खतरा भने देखिएको छैन । भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट दशौँ लाख मानिसको बसोबास रहेको मालाङ सहरलाई शक्तिशाली भूकम्पले केही बेरसम्म हल्लाए पनि कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन । इन्डोनेसियामा गत साता मात्रै बाढीले ठूलो जनधनको क्षति भएको थियो । इन्डोनेसियामा हरेक वर्ष भूकम्प, बाढी, सुनामी लगायत प्राकृतिक विपदका कारण ठूलो क्षति हुने गरेको छ ।

२०१८ मा ७ दशमलब ५ म्याग्निच्यूडको भूकम्प र भूकम्पपछिको सुनामीमा परी ४ हजार ३ सय मानिस वेपत्ता भएका थिए । २००४ को डिसेम्बरमा ९ दशमलब १ म्याग्निच्यूडको भूकम्प र त्यसपछिको सुनामीका कारण २ लाख २० हजार मानिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर