Aamsanchar

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने

Author Image
बुधवार, वैशाख १, २०७८

काठमाडौं-अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्ने भएको छ । राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा बुधवार गर्ने बीबीसीले जनाएको छ । यसै महिनाको अन्त्यमा टर्कीमा हुने शान्ति सम्मेलनमा अफगानिस्तानको सरकार र तालिबान सहभागी हुने खबर आएलगत्तै राष्ट्रपति बाइडनले सेना फिर्ताको घोषणा गर्न लागेका हुन् ।

गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्ने सम्झौता भएको थियो । तर सम्झौताअनुसार हिंसा रोक्ने बाचा तालिबानले पूरा नगरेको भन्दै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भएका छैनन् । अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा खटाइएका आफ्ना सैनिकका लागि अमेरिकाले खर्बौं डलर खर्च गरेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर