Aamsanchar

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढायो

Author Image
बुधवार, कार्तिक ३, २०७३

भोजपुर,

Devorce-1.jpg

भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी बनेको छ । जिल्ला अदालत भोजपुरमा ९० प्रतिशत सम्बन्ध विच्छेद वैदेशिक रोजगारकै कारणले हुने गरेको तथ्याङ्क छ ।

सम्बन्ध विच्छेदका निवेदन दिनेमा लागि २२ देखि ३३ वर्ष उमेर समूहका बढी रहेको न्यायाधीश प्रकाश श्रेष्ठले बताउनुभयो । सम्बन्ध विच्छेदका लागि दैनिकजसो जोडीहरु अदालत आउने गरेको उहाँले बताउनुभयो । धेरैले आत्मनिर्भर नभइकन हतारमा विवाह गर्ने अनि विवाह गरेको केही वर्षमै सम्बन्ध विच्छेद गरिहाल्ने गरेको उहाँको बुझाई छ ।

सम्बन्ध विच्छेदको अधिकांश उजुरीमा मिलापत्र हुने गरेको छ । आपसी समझदारीमा गल्ति नदोहो¥याउने शर्तमा र अदालतमा नगएर आर्थिक लेनदेनमा मिलापत्र गर्ने गरेका छन् ।

महिला तथा बालबालिका कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सम्बन्ध विच्छेदका १ सय ३७ वटा उजुरी परेको थियो ।  अदालतमा ४८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । अन्य उजुरी मिलापत्र गरेको र केही उजुरी प्रक्रियामा रहेको जनाएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । यस आर्थिक वर्षको  साउन र भदौमा मात्र ५ जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)