Aamsanchar

खत्री गए थेवे आए

Author Image
बिहिवार, कार्तिक ४, २०७३

विर्तामोड ।

14797339_1141712802574551_1760024159_n

झापाको विर्तामोड स्थित इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीलाई बिदाई तथा प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेलाई स्वागत गरिएको छ ।

विर्तामोड स्थित अतिथी सदनमा आज भएको एक कार्यक्रमका बीच विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुले एकै साथ स्वागत तथा विदाई कार्यक्रम गरेका हुन् ।

उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका विर्तामोड नगरसभापति भोजराज सिटौला, विर्ता जेसिजका अध्यक्ष सजेश शिवाकोटी, मारवाडी सेवा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी, निर्माण ब्यवसायी संघ झापाका अध्यक्ष दिपेन्द्र पोख्रेल लगायतले बोलेका थिए ।

उनीहरुले एक वर्षको अवधिमा डिएसपी खत्रीले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले विर्तामोडको जिम्मेवारी सम्हाल्न आएको थेवेलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रमका मायाको चिनो प्रदान गर्दै डिएसपी द्धय खत्रीको विदाई तथा थेवेलाई स्वागत गरिएको थियो । कार्यक्रममा विदा भएर जान लागेका डिएसपी खत्रीले आफु देश र जनताको कर्तब्य निवार्ह गर्न जुनसुकै स्थानमा पनि सेव ागर्न तयार रहेको भनदै विर्तामोडबासीले देखाएको सहयोग कहिल्यै नभुल्ने बताएका थिए ।

त्यस्तै विर्तामोडको कमाण्ड सम्हाल्न आएका डिएसपी थेवेले आफु पनि पूर्वकै बासिन्दा भएकाले आफुले सकेको राम्रो काम गर्ने बताउदैं सबैले सहयोग तथा सल्लाह दिनुपर्ने विचार ब्यक्त गरेका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)