Aamsanchar

विवाह मण्डपबाट बेहुलीको उद्धार

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

खाँदबारी:

marriage

विवाह मण्डपमा बेहुली बनेर सजिएकी १४ वर्षीया किशोरीको उद्धार गरिएको छ । खाँदबारी–३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह बन्धनमा बाँधिदै गरेकी सोही ठाउँकी किशोरीलाई जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीले उद्धार गरी प्रहरीको जिम्मा लगाएको हो ।

महेन्द्र माध्यमिक विद्यालयमा कक्षा–७ मा पढ्ने गुरुङ थरकी किशोरीलाई गाउँले र आफन्तको दबाबमा विवाह गर्न बाध्य बनाइएको थियो। बाबुले दोस्रो विवाह गरी सम्पर्कविहीन रहेको र आमा वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको अवस्थामा हजुरआमाले बाध्य पारी ती किशोरीको विवाह गराउन थालिएको हो ।

विवाह हुन लागेको जानकारी पाएपछि जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष मेवाहाङ राई र सदस्य सैलु चौहानले प्रहरीमा उजुरी दिई उद्धार गरेका थिए।बालअधिकार महासन्धि १९८९ को पक्ष राष्ट्र भई १४ सेप्टेम्बर १९९० देखि नेपालले कानुन कार्यान्वनमा ल्याएको छ । नेपालले बालबालिका सम्बन्धी संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०४८, बालबालिका सम्बन्धी नियमावली २०५१ जारी गरे पनि बालविवाह समाजको विकृति भएकाले बालिकाको उद्धारमा जुट्नु परेको जिल्ला बाल सञ्जालका अध्यक्ष राईले बताए ।

प्रहरीले पीडकलाई अनमेल विवाह र बालविवाह महलमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनायो। बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ ले १८ वर्षभन्दा मुनि र नेपालको बालबालिका सम्बन्धी ऐन २०४८ अनुसार १६ वर्षमुनिकालाई बालबालिका मानिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर