काठमाडौं ।

दलित अधिकारकर्मीहरुले छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दलित महिला संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सहभागी महिलाहरुले समाजमा अझै दलितप्रति गरिने विभेदको अन्त्य नभएको भन्दै कानुनी व्यवस्थाको कडाइका साथ लागू गर्न माग गरेका थिए ।

कार्यक्रममा संघले हालै विभिन्न ५६ ओटा जिल्लामा गरेको अनुगमनमा ९० प्रतिशत अन्तरजातीय विवाह असफल रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

Views: 154

