Aamsanchar

पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आग्रह

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौँ ।

press-patrakar-journalist

प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता–२०७३’ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

काउन्सिलद्वारा यहाँ आज आयोजित पत्रकार आचारसंहिता–२०७३ माथि अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइन मिडिया र पत्रकारका कतिपय कार्यशैली समेतलाई समेट्न र सम्बोधन गर्न ल्याइएको आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबैसँग आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रचारप्रसारको आवश्यकता औँल्याउनुभयो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी र क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत लगायतले आचारसंहिता जारी गर्ने मात्र भन्दा पनि कार्यान्वयनमा जोड दिनुभयो ।
पत्रकारिता क्षेत्रमा भएको विकास र सो क्षेत्रमा देखापरेका विकृति–विसङ्गतिलाई सम्बोधन हुने गरी अन्तर्राष्ट्रिय अभ्यास, सञ्चारविज्ञलगायत सबैको सल्लाहमा काउन्सिलले पुरानो पत्रकार आचारसंहिता २०६० लाई संशोधन गरी गत असोजमा नयाँ आचारसंहिता २०७३ ल्याएको हो । आचारसंहिता २०७३ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कुरालाई १५–१५ बुँदामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर