युएई ।
झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबिको आयोजनामा दशैँ, शुभदिपावली तथा छठ पर्वको शुभ अवसरमा ‘’शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम’’ २१ अक्टोबरका दिन अबुधाबीको रमणीय स्थल क्यापिटल पार्कमा सम्पन्न भएको छ । युएईका प्राय सबै क्षेत्रहरुबाट झापाली तथा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा झापाली समाज युएईकी केन्द्रिय कमिटी सचिव शान्ता नेम्बाङको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा केन्द्रिय सह-कोसाध्यक्ष सुमन भट्टराई केन्द्रिय सदस्यहरु हरी कटुवाल,मणी सुवेदी,चेतनारायण भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा समाजकि सदस्य पूजा भट्टराईले उपस्थित सबैलाई स्वागत मन्तव्य द्वारा स्वागत गरेकी थीइन भने कोसाध्यक्ष छबी खनालले कार्यक्रम बारे प्रस्ट पार्दै नेपालीहरुका कला र संस्कृतिहरुको महत्व देशमा भन्दा परदेशमा झनै धेरै हुने गरेको र तिनै पर्वहरु मध्ये दशैँ, शुभदिपावाली तथा छठ पर्वलाई मध्यानजर गर्दै कला र संस्कृतिको सम्मान र सम्झना गर्न कार्यक्रम आयोजना गरेको बताएका थिए । उनले यस्ता कार्यक्रमले नेपालीहरु बिचको एकता र प्रगाढतालाई झनै मजबुत बनाउने र झापाली समाज क्षेत्रिय समितिले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराएका थिए ।
प्रमुख अतिथी शान्ता नेम्बाङले झापालीहरु तथा नेपालीहरु बिचको आपसी सम्बन्धलाई थप दरिलो बनाउन क्षेत्रिय समिती अबुधाबिले राखेको कार्यक्रम प्रसङसनीय रहेको भन्दै सम्पूर्ण सबैलाई महान पर्वहरुको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेकी थीइन भने अतिथिहरुले समेत शुभकामना मन्तव्य राखेका थिए । उपस्थित सबैमाझ एकअर्कामा शुभकामना साटासाट गरिएको कार्यक्रमको अन्त्यमा गरिएको नाचगानले निक्कै रमाइलो र मनोरन्जन प्रदान गरेको थियो । समाजका क्षेत्रिय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष लोकेश कोइरालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन क्षेत्रिय सह-सचिव शेसराज न्यौपानेले गरेका थिए ।