दैलेख ।

नारायण नगरपालिका–९ बाँसकोट डोप्का बस्ने रत्नबहादुर सोनीको १३ बर्षीया छोरी कमलाको पिङको डोरी घाँटीमा बेरिँदा मृत्यु भएको छ।

शनिबार घरमा कोही नभएको अवस्थामा घरको बार्दलीमा प्लाष्टिकको डोरीको पिङ बनाई खेल्ने क्रममा डोरी घाँटीमा बेरीन गएर उनको मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।nagarik
Views: 196

