उदयपुर ।
उदयपुरका विभिन्न स्थानमा अवैधानिक रुपमा पोलिक्लिनिक र औषधि पसल सञ्चालनमा आएका छन् ।
अनुगमनमा कडाई नहुँदा अवैधानिक रुपमा पोलिक्लिनिक र मेडिकल सञ्चालनमा आएका हुन् ।
पोलिक्लिनिक सञ्चालनका लागी न्यूनतम एक मेडिकल अफिसर, ओपिडि कक्ष, प्रयोगशाला, एक्सरे, रेडियोइमेजिङ, औषधिपसल, परिवार नियोजन सेवासहितको सुविधा उपलब्ध हुनु अनिवार्य छ ।
त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधि पसल सञ्चालनका लागी न्यूनतम् डि. फर्मासिस या औषधि बिक्रेताको ओरियन्टेशन कक्षा उत्तीर्ण गर्नुपर्ने भए पनि अधिकांशले त्यस्तो मापदण्ड पूरा गरेका छैनन् ।
त्यस्ता पोलिक्लिनिकले सुविधा सम्पन्न भएको दाबी गर्दै ठूला बोर्डसमेत राखेर प्रचारप्रसार गर्ने गरेका छन् । तर उनीहरुसँग न्यूनतम् आधारभूत सुविधा नहुँदा सर्वसाधारण दिनदिनै ठगिइरहेका छन् ।
सम्बन्धित निकायले अनुगमन नगर्दा आफूहरु मारमा परेका सर्वसाधारण बताउँछन् ।