बिर्तामोड-अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।उनको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पुष्टि गरे । उनको आज दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा र त्यसपछि २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको थियो ।उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएण्डसीमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 139