Aamsanchar

छोरीज्वाँईले घरबाट निकाली दिए पछि चौतारोको बास

Author Image
सोमवार, कार्तिक ८, २०७३

[नरेन्द्र ढकाल]

झापा । 

14801250_1143906859021812_532717505_n
छोरीले दुःख पाउँनु भन्दा घर नै छाडेर हिड्नु उत्तम ठानेर हिडें । आज कसैले मेरो उद्धार गरिए भगवान मन्ने थिएँ । यो भनाई हो भारतको बाघडुग्राह स्थित विवेकानन्दपोली घर बताउने अनिलकुमार सहाको हो । झापाको शिवसताशक्षी नगरपालिका–९ स्थित माईधार नजिकै एक चौतारोमा भेटीका अनिलले भने– म यो चौतारोमा बसेको एक वर्ष भयो ।

यहाँका स्थानीयले खाना दिन्छ खाएर बस्छु । सन् १९२३ सालमा जन्मिएका अनिलका तीन सन्तान भएको र सबै छोरी मात्र भएको बताए । सन्तान र्हुकाउन आफु नेपालमा आएर गुण(सखर) को ब्यपार तथा यहाँका सुपारी, नरिवल लगायतको ब्यपार गर्ने गरेको बताए । आफैले जन्माएका सन्तानबाट पिडित हुनुपर्ला भनेर कुनै पनि आमा–बाबुले नसोच्ने भन्दै उनीहरुको पालन पोषणामा लागी रहेको बताए ।

हाल ९३ वर्ष उमेर पुगेका साहले गहभरी आँसु पार्दै भने– श्रीमती पनि ३५ वर्ष अघि गुमाए, जेठी छोरीको मृत्यु भयो भएका दुई छोरी मध्ये माइलीलाई आफ्नै घर दिएर राखे कान्छी पनि विवहा गरेर गई उ अलिक सम्पन्न परिवारमा परी माइलीलाई घरमा नै राखेर आफ्नै छोरा–छोरी जस्तै ठानेर ज्वाईलाई घर जिम्मा लाएँ उनीहरुले त मलाई घर निकाला गदिए ।
आफुले शिवसताक्षी नगरपालिका क्षेत्रमा नै लामो समय ब्यपार ब्यवसायमा समय विताएकाले यहाँ कै चौतारोमा आएर बसेको उनको भनाई थियो । उनलाई बिहान–बेलुका स्थानीय सन्न्तोष पुरी र अशोक शाक्यले खाना बनाएर दिने गरेको बताइएको छ । आमसञ्चार अनलाईनकर्मी  आइतबार बिहान उनी बसिरहेको चौतारामा पुग्दा निकै उत्साहित हुदै आफ्ना कुरा भन्न थालि हाले । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले उनको उद्धार भए पुण्य हुने भन्दै उनलाई आफ्ना कुरा राख्न उत्प्रेरित गरे ।

स्थानीय सन्तोष पुरीका अनुसार–एक वर्ष अघिबाट उनी शिवसताक्षी नगरपालिका– ९ स्थित जसपाल सिगुका कान्छा छोराको स्मृतिमा निर्माण गरिएको चौतारोमा बसिरहेका छन् । उनलाई सन्तोषले आफ्नै खर्चमा दुई पटक सम्म घरपु¥याएर आए पनि उनी फेरी आही हालेको बताए । अहिले हिड्डुल सम्म गर्न नसक्ने भएका अनिलले भने– आफ्नो घर हो जान म त छ तर ज्वाईले मलाई घर निकाला गरिदिन्छ यहाँ कै कुनै संस्थाले मेरो उद्धार गरे म भगवान मन्ने थिए र दुई–चार वर्ष जति बाँच्छु खुशीका साथ बाँच्न पाउने थिँए ।
पूर्व–पश्चिम राजमार्ग उत्तरपट्टि रहेको चौतारोमा बसेका अनिललाई स्थानीयले लत्ताकपडा दिएका छन् भने लामखुट्टेले नटोकोस् भने जुल समेत दिएको स्थानीय सन्तोष पुरीले बताए । दयामाया हुनेहरुले पैसा तथा लत्ताकपडा दिने गरेको स्थानीयको भनाई छ । आफु भारतीय भएपनि नेपालको माया रहेको भन्दै नेपालीले अत्यन्तै सहयोग गरिरहेको उनले बताए ।

अनिलले भने–सम्पत्ति भएर पनि चौतारोको बास, सन्तानको खुशीका लागी सबै त्यागेर हिड्नुपर्दो रहेछ, अब मरन कसरी हुने हो त्यहि चिन्ता लागी रहेको छ । नत चाडपर्व आउदो रहेछ र कसैले खोजि गर्दा रहेछन् बुढेसकालमा सबैले हेला गर्दा रहेछन् भन्दै उनले आफ्नो दुःखका कहानी सुनाए । उनले झापामा रहेका कुनै वृद्धाश्रमले उद्धार गरेर लगीदिए आफु भगवान मन्ने कुरा पटक–पटक दोहो¥याए । साहले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुख गिरीलाई धन्यवाद दिदैं आफ्नो बारेमा बुझन आएको खुशी ब्यक्त गरे ।

९३ वर्षको उमेरमा पनि स्पष्ट बोल्न सक्ने, कान तगडा सुन्न सक्ने र राम्रोसंग बोल्न सक्ने साह हिड्डुल भने गर्न सक्दैनन् । स्थानीयले उनको उद्धारका लागी पहल गरिदिन सबैसंग आग्रह समेत गरेका छन् । मुटु नै काप्ने कठियाङ्ग्रीने जाडो सुरु हुनै लाग्दा यि वृद्धको उद्धार गर्न तर्फ सामाजिक संघ संस्थाले ध्यान दिएमा राम्रो हुने ट्राफिक प्रहरी प्रमुख गिरीको भनाई ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर