Aamsanchar

चारदिन पछि बालकको शव फेला

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

झापा,dubin

नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका झापा कन्काई नगरपालिका–१ का बालक सुजन ढकालको शब आज फेला परेको छ ।

गत कात्तिक ६ गते नदिमा बेपत्ता भएका सुजनको खोजतलासको क्रममा कुमरखोद गाबिस वडा नम्बर–८ सुगाबस्तीमा मृत अवस्थामा फेला पारेको पारिवारिक स्रोलले जनाएको छ । स्थानियले आज बिहान मृत अवस्थामा फेला पारेपछि आफन्त र प्रहरी लाई खबर गरेका थिए ।

प्रहरी घट्नास्थल तर्फ गईसकेको छ । उनी कन्काई उच्च माबी कक्षा–१० मा अध्ययनरत थिए । उनको शब ४ दिन पछि फेला परेको उनका मामा चन्द्र बस्नेतले जानकारी गराएका छन् ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर