Aamsanchar

गर्धनमा खुर्पा प्रहार गरी ५० वर्षीय बुबाद्वारा १८ बर्षिय छोराको हत्या

Author Image
बिहिवार, जेठ १३, २०७८

काठमाडौं – बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन्। बुधबार कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन। बुधबार साँझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद हुदा अन्दाजी ५० वर्षीय बुबा ठाकुर प्रसाद वलीले अन्दाजी १८ बर्षिय छोरा पोषण वलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

धारिलो हतियार खुर्पाद्वारा गर्धनमा प्रहार गरी गम्भीर चोट लागेका वलीलाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि केही समयमा नै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए। छोराको हत्या आरोपमा मृतकका बाबुलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर