Aamsanchar

परराष्ट्रमन्त्री डा महत भोलि भारत जाने

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौं।

prakash

आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

सो बैठकमा नेपालका तर्फबाट मन्त्री डा महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा सो बैठकमा छलफल हुनेछ ।

आपूmले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा महतले बताउनुभयो । मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर