Aamsanchar

बुद्धशान्तिका तीन संस्थाले गरे पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग

Author Image
आइतवार, जेठ १६, २०७८

बुद्धशान्ति –कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् । आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई स्वास्थ्य सामग्री र सहयोगका लागि नेपाल पत्रकार महासंघ झापालाई ७ हजार आर्थिक सहयोग गरेको छ ।

सो रकम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका छन् । सोहि कार्यक्रममा जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले पनि पत्रकार महासंघ झापा शाखालाई ७ हजार रुपैँया सहयोग गरेको छ । सो सहयोग जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्ले, सचिव गोकुल पौड्याल र सदस्य केशव तिम्सिनाले अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईले जनाएका छन् ।

त्यस्तै सोहि अवसरमा बुद्धशान्ति उद्योग वाणिज्य संघको पहलमा नेपाल पत्रकार महासंघ झापालाई पाँच हजार तीन सय रुपैँया हस्तान्तरण गरिएको छ । सो रकम बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले महासंघ झापा शाखा अध्यक्ष गिरीलाई रकम हस्तान्तरण गरे । पत्रकार महासंघ झापाका जिल्ला सदस्य अनिल वाग्लेको पहलमा सो सहयोग रकम हस्तान्तरण भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर