Aamsanchar

विद्यार्थीहरुले गरे तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Author Image
आइतवार, जेठ १६, २०७८

तुलसीपुर । तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी व्याजका विद्यार्थीहरुले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

अस्पतालमा संचालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि ५ थान हुइल  चिएर, ५ थान विपि सेट, एक्सरे बक्स २ थान, सेनिटाइजर, मास्क लगाएतका सामानहरु उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिनुभयो । विद्यार्थीहरुले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै युवा विद्यार्थीहरुको रचनात्मक सहयोग र सहकार्यले नयाँ नेपालमा निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर