काठमाडौं ।
नेपालले समस्यामा परेकालाई दान दिने र अपरिचित व्यक्तिलाई सहयोग गर्ने देशको विश्व सूचकांकमा राम्रो सुधार गरेको छ ।
वर्ल्ड गिभिङ इन्डेक्स २०१६ अनुसार नेपाल समस्यामा परेकालाई दान दिनेमा ४२ स्थान सुधार गर्दै ३९ औं स्थानमा आएको छ ।
यस्तै अपिरिचित व्यक्तिलाई सहयोग गर्ने देशको सूचीमा नेपाल ४६ स्थान सुधार गर्दै ९४ औं स्थानमा आएको छ । सूचकांक अनुसार विश्वका सबैभन्दा दयालु मानिस इराकका छन् । इराकका मानिसले अपरिचित व्यक्तिलाई दिल खोलेर सहयोग गर्ने गरेका छन् ।
यो सूचीमा युद्धको चपेटामा परेको इराक शीर्ष स्थानमा छ । तर, आर्थिक रुपमा विश्व शक्ति राष्ट्रको रुपमा स्थापित हुँदै गएको चीन पुछारमा छ । अपरिचित व्यक्तिलाई सहयोग गर्ने राष्ट्रको सूचीमा लिबिया दोस्रो, कुबेत तेस्रो, सोमालिया चौथो, युएई पाँचौं, मालवी छैटौं, बोस्टावाना सातौं, सिएरा लियोन आठौं, अमेरिका नवौं र साउदी अरेबिया दशौं स्थानमा छन् ।
यस्तै सबैसन्दा सहयोगी देश म्यानमार रहेको प्रतिवेदनले देखाएको छ । यो सूचीमा नेपाल ३९ औं स्थानमा छ । सूचीको दोस्रो स्थानमा अमेरिका, तेस्रोमा अस्ट्रेलिया, चौथोमा न्युजिल्याण्ड, पाँचौंमा श्रीलंका, छैटौंमा क्यानडा, सातौंमा इन्डोनेसिया, आठौंमा बेलायत, नवौंमा आयरल्याण्ड र दशौं स्थानमा युएई छन् ।
एक सय ४० देशमा गरिएको अध्ययनमा चीन विश्वको सबैभन्दा लोभी र असहयोगी देश देखिएको छ । चीन दान दिने र अपरिचित व्यक्तिलाई सहयोग गर्ने देशको सूचीमा पुछारमा अर्थात एक सय ४० औं स्थानमा छ । उज्यालोबाट