तेह्रथुम ।
जंगलमा बाख्रा चराउन गएका तेह्रथुमको लालीगुराँस नगरपालिका–९, सुङ्गनामका भक्तबहादुर तामाङ्गको लडेर मृत्यु भएको छ ।
घरबाट नजिकै रहेको बाघ खोर जंगलमा हिजो बिहान बाख्रा चराउन गएका ५० वर्षका तामाङ बेलुकी घर फर्किएनन् । बेलुका बाख्रा मात्रै घर फर्किएपछि आफन्त र छरछिमेकीले खोजि गरेका थिए ।
आज बिहान प्रहरी र गाउँलेले खोजी गर्दा लडेर टाउकोमा चोट लागेको अवस्थामा तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । तामाङको जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टम गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 215