Aamsanchar

ब्राउन सुगर र नेपाली नक्कली नोटसहित बेलडाँगी शरणार्थी शिविर बस्ने एक युवक पक्राउ

Author Image
बुधवार, जेठ १९, २०७८

झापा – ब्राउन सुगर र नेपाली नक्कली नोटसहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउनेसमेत प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर