Aamsanchar

लिचीको दाना अड्किदा मृत्यु

Author Image
बिहिवार, जेठ २०, २०७८

कञ्चनपुर- भीमदत्त नगरपालिका ५ सुकासालका भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको लिचीको दाना घाँटीमा अड्किदा मृत्यु भएको छ। बुधबार अपरान्ह आँगनमा खेल्दै गरेका शिशुले लिचीको गुठीलो मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

उनका अनुसार लिचीको दाना घाँटीमा अड्किएको थाहा पाउनेबित्तिकै तत्कालै परिवारजनले शिशुलाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर