

भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो। साथै धेरै व्यक्ति घाइते भएका छन्। सरकारी अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ।
Views: 199

