Aamsanchar

बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटियो

Author Image
मङ्गलवार, जेठ २५, २०७८

काठमाडौं- बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘म पनि घटनास्थल पुग्दैछु । केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’ घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर