Aamsanchar

डाँका मुद्दामा दोषी ठहर भई ४५ लाख ५५० रुपैयाँ जरिमाना सजाय सुनाइएका फरार प्रतिबादी पक्राउ

Author Image
सोमवार, जेठ ३१, २०७८

धनगढी –डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार भएका एकजना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको जानकारी दिए । २०६५ सालमा तत्कालीन मालाखेती गाविस वडानम्बर ७ बाट यार्सागुम्बालगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको भन्दै प्रहरीले अवस्थीलाई पक्राउ गरेको थियो ।

धरौटीमा छुटेका उनलाई २०६८ साल असारमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ४५ लाख ५५० रुपैयाँ जरिमाना सजाय सुनाएको थियो । अवस्थी जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुगेका थिए । तर पुनरावेदन र सर्वोच्च अदालतले समेत जिल्लाकै फैसला सदर गरेको थियो । त्यसबेलादेखि नै फरार रहेका अवस्थीलाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)