Aamsanchar

फलोअप : खिनमायाको घर निर्माण गर्न १२ जना सेना खटिए

Author Image
मङ्गलवार, असार ८, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण कार्य आजबाट सुरु भएको छ । खिनमायाको अवस्थाबारे आमसंचार डटकमका समाचार प्रकाशन भएको ४८ घण्टा भित्रमा विभिन्न दाताहरुबाट निर्माण समाग्री उपलब्ध भए पछि आजबाट घर निर्माणकार्य थालनी भएको हो ।

जीवजभर दुःखमै आफ्ना सम्पूर्ण ईच्छा चहानालाई दवाएर बाच्नकै लागि संघर्ष गर्दै आएकी खिनमायाको घर निर्माणमा नेपाली सेना चारआली स्थित श्री श्री नाथ गणमा कार्यरत डकर्मी, सिकर्मीकलामा पोख्त १२ जनाले श्रमदान गर्न थालेका छन् ।

खिनमायाको लागि  सुरक्षित बासस्थान तयार पार्न सामाजिक व्यक्तिहरुले तन, मन, धन र कर्मले सहयोग पुर्याएका छन् । त्यस्तै अर्जुनधारा निवासी युवा समाजसेवी मिक्की कार्कीको समन्वयनमा श्री श्री नाथ गणका गणपति अमरजंग थापा समक्ष श्रमदानको लागि आग्रह भएपछि मंगलबार बिहाननै गणपति थापाले खिनमायाको घरमा आएर कामको बारेमा बुझने काम भए लगत्तै १२ जना कामदार सेनाहरु पठाईदिए पछि काम सुरु भएको खिनमाया घर निर्माण समन्वयन समितिका संयोजक ओमप्रकाश लुईलेटले जानकारी दिए ।

संयोजक लुईटेलले भने निर्माणको लागि सिमेन्ट, ब्लक, बालुवा, काठ उपलब्ध भए पनि अन्य निर्माणमा आवश्य पर्ने सामाग्री खरिद गर्न रकमको अभाव भएकोे छ, सानो सानो रकम सहयोग गरिदिन दाताहरुमा आग्रह गर्दछु् । उनले भने ‘मलाई ९८५२६७१५८४ मा फोन गर्नुहोस् म अर्जुनधार, विर्तामोड र कनकाई क्षेत्रभित्र आफ्नै साधन प्रयोग गरेर तपाईले दिने सहयोग रकम लिन आउछु’ हामि सबैले समाज सेवाका काम धेरै ग¥यौं तर खिनमायाको घर निर्माणमा गरेको सहयोग वास्तविक सहयोग महसुस हुने छ ।’

‘आजबाट काम सुरु भएको छ । केही दिन भित्रमै काम सम्पन्न गराउने छौं’ सेनाले होलोब्लक जोड्ने, प्लास्टर गर्ने, झ्याल, ठोका लगायत सम्पूर्ण काममा श्रमदान गर्ने गणपति थापाले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर