Aamsanchar

यूएईबाट ५ शवसहित २ सय ७० नेपाली स्वदेश फर्किए

Author Image
बिहिवार, असार १०, २०७८

यूएई । कोरोना महामारीको दोश्रो भेरियन्ट सँगै विगत लगभग २ महिना देखि रोकिएको दुबई–काठमाडौं उडान सूचारु भएको छ । आज बुधबार दिउँसो दुबईमा समस्यामा परेका २ सय ७० जना नेपालीलाइ बोकेर नेपाल एयरलाइन्सको जहाज दुबईबाट काठमाडौंको लागि उडेको हो ।

उक्त उडानमा २ नवजात शिशु, ३ बालबालिका सहित २७० जना नेपाली स्वदेश फर्किएका छन । सोही जहाजमा यूएईमा ज्यान गुमाएका ५ नेपालीको शव समेत पठाइएको नेपाल एयरलाइन्सका यूएई प्रतिनिधि जानकारी दिए ।

मृतक नवलपरासीका सोमबहादुर गुरुङ र खडकबहादुर थारु, स्याङ्जाका लोकबहादुर मगर, रोशबहादुर आले र सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पाको शव पठाइएको हो ।

नेपाल फर्कन टिकट काटेका ३ जनालाई भने ‘ओभरस्टे’ वापतको जरिवाना तिर्न नसक्दा दुबईको अध्यागामनले रोकेको छ । उनिहरु भिसाको म्याद समाप्त भएर ओभरस्टे हुन पुगेका थिए ।

यूएईमा विभिन्न कारणले समस्यामा पर्ने नेपालिको संख्या बढदै गएपछि सरकारले नेपाल एयरलाइन्सको जहाजलाई उडानको लागि अनुमति दिएको थियो। नियमित उडान भनिए पनि चार्टर्ड उडानको सरह भाडा तोकिएको यूएईमा रहेका श्रमिकको गुनासो छ।

नेपाल एयरलाइन्सका अनुसार तत्काल नेपालबाट कुनै पनि नेपाली श्रमिक यूएई जान सम्भव छैन। यसैले काठमाडौंबाट दुबई निगमका जहाज रित्तै उडनु पर्ने भएकाले केही महङ्गो पर्न गएको बताएको छ ।

यूएईले नेपाललाई कोरोना संक्रमणको ‘उच्च जोखिम’ भएको देशको सूचीमा राखेको छ भने ७ जुलाई सम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। जसका कारण तत्काल नेपालबाट कुनै पनि नेपाली श्रमिक यूएई जान सम्भव छैन। यसैले काठमाडौंबाट दुबई निगमका जहाज रित्तै उड्दै छन् भने दुबईबाट नेपालीहरूलाई लिएर विमान काठमाडौ फर्कन्छ । अर्को उडान आगामी जुन ३० का दिन हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर