नेपालमा अल्पसंख्यक जातीमा पर्ने सन्थाल जातीको प्रथम चलचित्र बोनोदलको आज एक समारोहका विच उद्घाटन भएको छ ।
शनिबार झापाको हल्दीबारी गाउ विकास समिति वडा नं. ९ स्थित हल्दीबारी उच्च माध्यमिक विद्यालयको प्राङगढमा नेपाल सरकारका सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्रको उद्घाटन गरेका थिए भने कार्यक्रमा सभापतित्व चलचित्रका निर्देशक किरण खतिवडाले गरेका थिए ।
सन्थाल जातीको पहिलो ऐतिहाशिक चलचित्र मानिएको बोनोदल उद्घाटनमा सन्थाल समुदायका मानिस र अन्य जातजातीका मानिसको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा झापा क्षेत्र नं. २ का सामसद शुधिर शिवाकोटी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अग्नी आचार्य, हल्दीबारी उच्च माविका प्राचार्य मोहन चन्द्र रेग्मी, विर्तामोडका समाजसेवी हर्कलाल गिरी, कलाकार बलराम हेमराम, चारपानेका समाजसेवी देवी खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बोनोदलमा कलाकारहरु सुनिल हस्ता, कविता बास्के, राजा बास्के, बलराम हेमरम, सामसद् मोहन टुडु, निस्पेक्टर र्मुमु लगायतको अभिनय रहेको छ । ४१ लाखको लागतमा निर्माण गरिएको चलचित्र बोनोदलले नेपाल चलचित्र विकास वोर्डवाट यूनिभर्सल प्रमाण पत्र पनि प्राप्त गर्न सफल भएको निर्मात्री जया मरठा ( खतिवडा)ले जानकारी दिईन । चलचित्र कार्तिक १४ गतेवाट प्रर्दश सुरुहुने निर्माण पक्षले जनाएको ।
प्रमुख अथिति सुरेन्द्रकुमार कार्कीलाई स्वागत गर्दै निर्देशक किरण खतिवडा,कलाकार एवं सामसद् मोहन टुडु, कलाकार बलराम हेमरम ।
स्वागत नृत्य प्रस्तुत गर्दै सन्थाल महिलाहरु ।
चलचित्रको पोस्टर अनावरण गरेर कार्यक्रमको उद्घाटन गरे पस्ताच पोस्टर हेर्दै सञ्चार मन्त्री ।
चलचित्रको उद्घाटन भएको घोषणा हुदा खुशीयालीमा सन्थाल पुरुषहरु ।
सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार