Aamsanchar

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा ३५ वर्षीया महिलाको मृत्यु

Author Image
मङ्गलवार, असार १५, २०७८

सप्तरी –सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ। हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ करेन्ट लागेर जहादा घाइते हुनुभएको थियो ।

उहाँको नर्सिङहोम अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर