Aamsanchar

ईस्टन चर्च भद्रपुरद्वारा ३४ परिवारलाई खाद्ययन्न सहयोग

Author Image
मङ्गलवार, असार १५, २०७८

भद्रपुर ।  कोरोना कहरका कारण रोजगारी बन्द भएर संकटमा परेका परिवारलाई विलिभर्स ईस्टन चर्च भद्रपुरद्वारा खाद्ययन्न समाग्री बितरण भएको छ ।

मंगलबार चर्चको प्राङगढमा आयोजित राहत वितरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नम्बर १०,८ र ७ का अति विपन्न, वृद्ध ,एकल महिला,अपाङ्ग, बेरोजगार गरि ३४ परिवारलाई खाद्ययन्न सहयोग गरिएको विलिभर्स ईस्टन चर्चका फादर जगत वाग्लेले बताए ।

प्रति परिवार २५ किलो चामल, २ किलो दाल,र १ लिटर तेल बितरण गरिएको थियो ।

भद्रपुर नगर उपप्रमुख चन्द्रामाया श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष गौरव सुब्बा, कार्यपालिका सदस्य मुना खावास, नेकपा माओवादी नगर प्रमुख शिवराज भण्डारीले उक्त सामाग्री बितरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर