Aamsanchar

यी हुन् लक्ष्मीका ८ रूप, कसको पूजा गर्नाले कस्तो फल पाइन्छ?

Author Image
आइतवार, कार्तिक १४, २०७३

काठमाडौं :

img1121112012_1_1

यमपञ्चकको तेस्रो दिन आइतबार साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।  बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ।  धर्मग्रन्थमा लक्ष्मीको अनेक रुपबारे वर्णन गरिएको छ।

यसमा लक्ष्मीका ८ वटा रुपले हरेक सुख प्रदान गर्ने ग्रन्थहरूमा उल्लेख छ। देवी लक्ष्मीका यीनै ८ अवतारका बारेमा थाहा पाऔँ:

वीर लक्ष्मी : वीर लक्ष्मीको पूजा गर्नाले सबै प्रकारको भय, डर त्रासबाट मुक्ति मिल्छ। यसका साथै ऋणबाट मुक्त हुनुका साथै गलत तन्त्र मन्त्रको प्रयोगको गलत प्रभाव पर्दैन।

गज लक्ष्मी : लक्ष्मीको यो रुपको पूजा गर्नाले जीवनमा मान-सम्मान मिल्छ। जागिरमा प्रमोशन वा राजनीतिमा उच्च पद पाउने इच्छा राख्ने व्यक्तिले लक्ष्मीको यो रुपको पूजा गर्नु उत्तम मानिन्छ।

सन्तान लक्ष्मी : लक्ष्मीको यो रुपको पूजा गर्नाले सन्तान सुख प्राप्त गर्न सकिन्छ। सन्तानको लामो आयु र उन्नतीका लागि लक्ष्मीको यो रुपको पूजा गर्नुपर्छ।

धान्य लक्ष्मी : लक्ष्मीको यो रुपको पूजा गर्नाले पूजा गर्ने व्यक्तिको घरमा कहिल्यै अन्नको कमी हुँदैन। विशेषगरी कृषिमा काम गर्ने मानिसले यो रुपको पूजा गर्नु राम्रो मानिन्छ।

विजय लक्ष्मी : कुनै पनि काममा सफलता प्राप्त गर्नका लागि लक्ष्मीको यो रुपको पूजा गर्नु उत्तम मानिन्छ। मुद्दा जित्नका लागि यो रुपको पूजाले राम्रो फल दिने विश्वास गरिन्छ।

आदि लक्ष्मी : परिवारमा सुख-शान्ति कायम राख्नुका साथै रोगबाट मुक्त हुनका लागि पनि यो रुपको पूजा गर्नु राम्रो हुन्छ। यसका साथै दाम्पत्य जीवनको खुसी बनाउनका लागि पनि आदि लक्ष्मीको पूजा गर्नुपर्ने धर्मग्रन्थमा उल्लेख गरिएको छ।

ऐश्वर्य लक्ष्मी : सबै प्रकारको भौतिक सुख-सुविधाका लागि लक्ष्मीको यो रुपको पूजा गर्नुपर्छ। यो रुपको पूजाले आकर्षण शक्ति पनि बढ्छ।

धन लक्ष्मी : धन-सम्पत्ति चाहने मानिसले धन लक्ष्मीको पूजा गर्नुपर्छ। यो रुपको पूजा गर्दा घरमा धनको कमी कहिल्यै हुँदैन। व्यापारमा पनि सफलता मिल्छ भन्ने मान्यता छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर