काठमाडौं,
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मधेस केन्द्रित दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । बेलुका ४ बजे बस्ने बैठकमा सत्ता साझेदार कांग्रेस पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबारको बैठकमा संविधान संशोधनका मुख्य चारवटा विषयमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री दाहालले शनिबारको बैठकमा आफ्नो तर्फबाट संशोधनको प्रस्ताव गर्नुभएको छ । श्रोतका अनुसार प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको खाकामा कांग्रेस र मधेसी मोर्चाका नेता सकारात्मक देखिएपनि आइतबारको बैठकमा विस्तृत छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीले प्रदेशको सिमांकन हेरफेर, नागरिकता र भाषा आयोग, राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व लगायतका चारवटा विषयमा संविधान संशोधनका लागि प्रस्ताव गर्नुभएको छ ।
बैठकमा प्रदेशको सिमांकनको कुरा मुख्य विषय बन्ने नेताहरुको भनाई छ ।