Aamsanchar

१० लाखको लागतमा बन्यो फलामे पुल

Author Image
आइतवार, कार्तिक १४, २०७३

 

  • झापा ।14914910_1151267464952418_665937013_n

पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोला उत्तरपट्टि निर्माण गरिएको फलामे पुलको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

झापा क्षेत्र नम्बर –२ का सभासद् सुधिर शिवाकोटीले उक्त पुलको उद्घाटन गरेका हुन् । १० लाख रुपैंयाको लागतमा निमार्ण भएको पुलमा पैदलयात्रीलाई आवतजावत गर्न सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । समाजसेवी डिल्ली प्रसाईले उक्त पुल निर्माण गरिदिएका हुन् ।

पुल उद्घाटन कार्यक्रममा झापाबारका पूर्व अध्यक्ष टंक उप्रेती, रेडियो विराटका स्टेसन म्यानेजर देवेन्द्र प्रसाई, विर्तामोड उद्योग वाणिज्य संघका सचिव सुवास भट्टराई, समाज सेवी शेखर ढकाल, वि एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई लगायतले समाजसेवामा प्रसाईले उष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा संसद सुधिर शिवाकोटी, युवराज प्रसाई, ढुण्डीराज गिरी, गिरीराज प्रसाई लगायतले दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राम्रो कामको सबैले प्रशंसा गर्नुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर