Aamsanchar

राहत र शैक्षिक समाग्री लिएर धनकुटा पुग्यो वीरता जेसीजको टोली

Author Image
शुक्रवार, असार १८, २०७८

धनकुटा । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका ६ स्थित जेसीज गाउँका २२ घर परिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्ववन्धुत्वको भावना बढाउन वीरता जेसीजले धनकुटा लेडी जेसीजको समन्वयमा उक्त राहत प्रदान गरेको हो ।

अति विपन्न २२ परिवारलाई एक/ एक बोरा चामल तथा ती परिवारका बालबालिकाको लागि कापी प्रदान गरिएको छ ।

कोभिड महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक र खाद्यान्न समस्यामा परेको विपन्न परिवारलाई केही समय भए पनि छाक टार्न सहज होस् भनेर राहत प्रदान गरिएको वीरता जेसीजका अध्यक्ष राजिव धिमालले बताए ।

अध्यक्ष धिमालका अनुसार वीरता जेसीजले यस वर्ष कोभिडका कारण समस्यामा परेका परिवारलाई राहत वितरण देखि दीर्घकालीन योजनाका विविध कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि जहाँ अभाव र समस्या त्यहाँ वीरता जेसीज भन्ने अभियान नै सञ्चालन अघि बढाइएको छ । यसअघि वीरता जेसीजले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भनेर झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन वैंकमा ५ वटा सिलिण्डर बापत ७५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

धनकुटा ६ का वडा अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको राहत प्रदान कार्यक्रममा टोलविकास संस्थाका अध्यक्ष काजीलाल राईले धन्यवाद ज्ञापन , धनकुटा लेडी जेसीजकी अध्यक्ष बिसिका श्रेष्ठले औचित्यमाथि प्रकाश र संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा वीरता जेसीजको तर्फबाट अध्यक्ष धिमाल, पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जेसीजका अन्तर शाखा संयोजक तथा औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्का लगायतको सहभागिता थियो ।

धनकुटा लेडी जेसीजको सहयोगमा यसै वर्ष उक्त स्थानका अति विपन्न २२ परिवारको घर निर्माण भएको हो । गत फागुन १९ गते जेसीज गाउँको निर्माण सम्पन्न भएको थियो । धनकुटा लेडी जेसीजकी संस्थापक अध्यक्ष श्रेष्ठको संयोजकत्वमा जेसीज गाउँ बनाउने अभियान सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर