Aamsanchar

जापानमा भारी वर्षापछि आएको पहिरोमा परि २० जना बेपत्ता

Author Image
आइतवार, असार २०, २०७८

काठमाडौं –जापानको शिजुवा क्षेत्रको अतामी शहरमा भारी वर्षापछि आएको पहिरोमा परि कम्तिमा २० जना बेपत्ता भएका छन्। शहरमाथिको एउटा पहाडी ढिस्कोमा पहिरो गएपछि बगेको लेदोले धेरै घर बगाएको हो। क्योदो समाचार एजेन्सीका अनुसार दुई जनाको शव तटीय क्षेत्रमा फेला परेको छ।

प्रहरी, अग्नि नियन्त्रक, जापानी सेना पनि खोजीमा जुटिरहेको छ। प्रधानमन्त्री योशिहिदी सुगाले भारी वर्षा पछिको पहिरोमा परि हराइरहेकाहरुको आपतकालीन उद्धारका लागि टास्क फोर्सले काम गर्ने बताएका छन् । जापानमा गत वर्ष जुलाईमा भारी वर्षा पछिको बाढी पहिरोमा परी जनधनको ठुलो क्षति भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर