काठमाण्डौ – युरोप जान लागेका आप्रवासी चढेको एउटा डुङ्गा डुब्दा ४३ जनाको ज्यान गएको छ । ८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो । लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुङ्गा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
डुङ्गामा इजिप्ट, सुडान, बङ्गलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ । द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 129