Aamsanchar

एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु, घरपरिवार मिलेर छोरीको हत्या गरेको माइत पक्षको दावी

Author Image
सोमवार, असार २८, २०७८

जनकपुरधाम – धनुषामा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थितअञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा अञ्जुको शव फेला परेको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।

उनका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको हो, तर पासो लागेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ। पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरी निरीक्षक सुनारको भनाइ छ। ओछ्यान घरको छनामा अञ्जुको सल बाँधिएको थियो। परिवारजनले अञ्जुले आत्महत्या गरेको बताएको छ। यता माइत पक्षले घरपरिवार मिलेर छोरी अञ्जुको हत्या गरेको दावी गरेको छ। घटनास्थलको प्रकृतिले अञ्जु आत्महत्या नगरेको र घरपरिवार नै मिलेर घाँटी थिचि हत्या गरेको उनकी बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजत महतोको आरोप छ।

अञ्जुको विवाह गएको फागुन २० गते रामवृक्ष महतोसँग भएको थियो। विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ। घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन्। अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर