काठमाण्डौ –अफगानिस्तानको विद्रोही समूह तालिबानले जेलमा रहेका आफ्ना सात हजार कार्यकर्ता रिहा गर्न माग गरेको छ । पछिल्लो समय नियन्त्रण क्षेत्र विस्तार गर्दै लगेको तालिबानले तीन महिना युद्ध विराम गरेर भए पनि आफ्ना कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको हो ।
तालिबानको यो प्रस्तावप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै तालिबानले आफ्ना गतिविधि बढाउन थालेको छ। यसैबीच आफ्ना सैनिक फर्काइरहेको अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने बताएको छ । सेनालाई फिर्ता बोलाए पनि अन्य माध्यममार्फत अफगानिस्तानलाई सहयोग गर्ने अमेरिकाको रक्षा मन्त्रालयले जनाएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143