Aamsanchar

पाकिस्तानीको प्रहारबाट ढले विमल

Author Image
बुधवार, कार्तिक १७, २०७३

काठमाडौं,

bimal-tamang-650x354

काश्मिरको भारत पाकिस्तान सीमा क्षेत्रमा भएको भीडन्तमा मारिएका भारतीय सेनामा कार्यरत नेपाली युवा राइफलम्यान २० वर्षीय विमल तामाङलाई भारतीय सेनाले अन्तिम श्रद्धान्जली व्यक्त गरेको छ ।

मंगलबार एक बिशेष कार्यक्रम आयोजना गरेर भारतीय सेनाले उनलाई ‘साहसी सैनिक’ भन्दै भारतीय सेनाले अन्तिम श्रद्धान्जली व्यक्त गरेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ ।

काश्मिरको रजौरी क्षेत्रमा सोमबार भएको भीडन्तमा तामाङले ज्यान गुमाएका थिए । ‘साहासिक सहिद राइफलम्यान बिमल तामाङ, जसले देशको सीमाको रक्षा गर्दै आफ्नो ज्यान समर्पित गरे । उनको सम्मानमा उनको पार्थिब शरिरमा पुष्पअर्पण गर्ने कार्यक्रम आयोजना गरिएको छ,’ भारतीय सेनाका प्रवक्ताले इन्डियन एक्सप्रेसलाई भनेका छन् ।

उनी सुनसरी जिल्लाको धरान निवासी भएको र उनको परिवारमा एकजना आमा मात्र रहेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (२)

सम्बन्धित खबर