Aamsanchar

क्रिश्चियन भएको १५ बर्ष पछि यसकारण आफ्नै मूल धर्ममा फर्किए धनबहादुर 

Author Image
बिहिवार, कार्तिक १८, २०७३

tdharmamangsss

क्रिसीयन धर्म अवलम्वन गरेको १५ बर्षपछि आफ्नो मूल धर्म र संस्कृतिमा फर्किएका पोङ्दिटार निवासी धनबहादुर तामाङलाई तामाङको चिनारी डम्फु र थांका  पप्रदान गर्दै सम्मान  गर्यो “ताम्बा संघ नेपालले” चैत्र १५ /१६ , २०७२मा |

पन्ध्र वर्षअघि नै ख्रिश्चियनमा प्रवेश गर्नुभएको स्थानीय धनबहादुर तामाङ सङ्घको कार्यक्रमबाट पुनः तामाङ धर्म संस्कार र संस्कृतिमा प्रवेश गर्नुभएको छ । उहाँको घरमा तम्बाहरूको विशेष उपस्थितिमा दर्ज्यू स्थापना गरिएको छ । उहाँकै संयोजकत्वमा तम्बा सङ्घ नेपालको रामेछाप जिल्ला तम्बाखोरको गठन गरिएको छ । तम्बा धनबहादुरले आफू पुनः तामाङ धर्म संस्कार र संस्कृतिमा र्फकन पाउँदा हर्षवभोर भएको बताउनुभएको छ ।

सोहि बेला तम्बा संस्कृतिमाथि समर्पित तम्बा सङ्घ नेपालको रामेछाप जिल्ला सम्मेलन सम्पन्न भएको छ । चैतको १५ र १६ गते लखनपुरको थापा गाउंमा आयोजित दुर्इ दिने कार्यक्रम सम्पन्न गर्दै जिल्ला तम्बाखोर (सञ्जाल)को निर्माण समेत गरिएको छ ।

जापानको लागि नेपाली पूर्व राजदूत डा. गणेश योञ्जनको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन सत्रको विशेष अतिथिमा डा. मुक्तसिं थोकर तामाङ साथै सङ्गीतकार तथा गायक प्रदीप बम्जनसमेत रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै डा. योञ्जनले सङ्घको अक्षयकोष स्थापनार्थ रु. एक लाख उपलब्ध गराउनु भएको छ । यसअघि काठमाडौंमा आयोजित सङ्घको साधारणसभामा भने डा. मुक्तसिं थोकर तामाङले रु. २५ हजार उपलब्ध गराउनु भएको थियो ।

श्रोत निमा वाङ्गेल लामाजीको फेसबुकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर