Aamsanchar

राष्ट्रपति केसद्वारा प्रधानमन्त्रीलाई बर्खास्त, संसद भङ्ग

Author Image
सोमवार, साउन ११, २०७८

काठमाण्डौ – ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ ।

उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर