Aamsanchar

हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष १३ लाख मानिसको मृत्यु

Author Image
बुधवार, साउन १३, २०७८

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या मानिएको ‘हेपाटाइटिस’ आधुनिक युगमा पनि उत्तिकै विकराल रूपमा देखापरिरहेको छ ।

सन् २०२१ मा भने हेपाटाइटिस दिवसको नारा चाहिँ “Hepatitis can’t wait” हो । जसको अर्थ ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने हो । कोरोना त्रास अनि संक्रमण जोखिमले उच्च बिन्दुमा रहेको वर्षहरूमध्ये वर्ष २०२१ मा हेपाटाइटिसको जोखिममा पनि उत्तिकै ध्यान दिन आव्हान गएिको छ ।

विश्व स्वास्थ्य संस्थाको तथ्यांक हेर्ने हो भने, संसारभर ठूलो संख्यामा मानिसहरू भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाउने रहेछ ।

यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्या विकराल रूप थप सघाऊ त पुर्याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ मान्यतास्वरूप जनचेतना जगाउने अभियान शुरु भएको हो । हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त ?

एचआइभी एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको शिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस ‘बी’ र ‘सी’ लागेर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ ।

कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्यगरी पाँच किसिमका हुन्छन्ः ‘ए, बी, सी, डि र इ’ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् । एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारणले वार्षिक धेरै मानिसहरूको मृत्यु हुने गर्छ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्छन् ।

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस ‘बी’ र ‘सी’लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी पिरोल्ने गर्दो रहेछ ।

लागूपदार्थ दुर्व्यसनी, एचआइभी संघर्षरत मानिसहरू, प्रवासीहरूमा हेपाटाइटिसले बढी सताउने गरेको देखिन्छ । अझ हेपाटाइटिस ‘बी’ लागेका ९०५ मानिसहरू र हेपाटाइटिस ‘सी’ भएका ८०५ मानिसहरूलाई त आफूमा यो रोग लागेकोबारे अनभिज्ञ रहने र नजानेरै अरुमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरूसरह घातक रोग मानिन थालिएको रहेछ ।

हेपाटाइटिसबारे जागरुकता बढाउन हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ । अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अभैm धेरै मानिसहरू गुमाउनेछौँ । उनीहरू विश्व जनसंख्याबाट ओझेल पर्नेछन् । यी ओझेल अनुहारहरू फेरि अर्को वर्षको निम्ति तथ्यांक बनेर थन्किनेछन् । यी ओझेल अनुहारहरू पनि त जीवन हुन् भनेर एक चोटि फेरि बिर्सिनेछौँ हामीले । अनि अर्को वर्षको हेपाटाइटिस दिवसमा पुनः स्मरण गर्नेछौँ । यी हराएका, विलिन भएका, हामीले बचाउन सक्ने सम्भावित जीवन कथाहरू ।

स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्छ । यस्ता भयानक रोगबाट ग्रसित हुनुपर्दा त मृत्युकै बाटो रोज्नुपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य ।

आजकै दिन भएपनि आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बँच्ने तरिकाहरू के रहेछन् भन्नेबारे छलफल गर्न तपाईंहरूलाई हामी सुझाउँछौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)