Aamsanchar

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

Author Image
बिहिवार, साउन १४, २०७८

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ। स्थानीय समयानुसार दिउँसो २।१५ बजे सो भूकम्प गएकोे हो। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर