Aamsanchar

बिर्तामोड खोप काण्ड : ७ दिनभित्रमा सत्यतथ्य सार्वजनिक गर्ने निर्णय

Author Image
शनिवार, साउन १६, २०७८

बिर्तामोड। बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ ।

छानबिन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डीएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् ।

बैठकले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धि कुनै गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।

बैठकले जिल्लामा खोप लगाएको तथा खोप सम्बन्धि सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । बैठकले झापाका पेट्रोल पम्पहरुमा काम गर्ने ३ सय जना मजदुरलाई चारआलीस्थित आयल निगमको डिपोमा कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर