Aamsanchar

आजको राशीफल (२४ साउन २०७८, आइतवार)

Author Image
आइतवार, साउन २४, २०७८

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा

आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारको लगानीले लाभ मिल्नेछ । आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु ; ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकर ; भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि रहला ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर