झापा।
झापामा १५ बटा स्थानीय तह हुने भएको छ । जिल्ला विकास समितिको कार्यालयमा सोमबार बसेको सर्वदलीय वैठकले झापाको स्थानीय तहको पुनसंरचना टुंगो लगाएको हो ।
जनसंख्या र भौगोलिक आधारमा पुनसंचनाको निर्णय गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो । स्थानीय तह पुन संरचना आयोग प्राविधिक सहयोग समितिका संयोजक समेत रहनुभएका उहाँका अनुासर झापामा ८ नगरपालिका र ७ गाउँपालिका हुने भएको छ ।
उहाँका मेचीगनर नगरपालिकामा बाहुनडाँगी, धाईजन दुहागढी र ज्यामीरगडी गाविस गाभेर मेचीनगर नगरपालिका बनाइएको छ ।
शान्तिनगर र बुधबारे गाविसलाई बुद्धशान्ति गाँउपालिका, खुदुनाबारी गाविसलाई शनिअर्जुन नगरपालिकामा गाभ्ने, बिर्तामोड नगरपालिकामा गरामनी गाविस गाभ्ने, भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभ्ने, पाठामारी, बनियानी, वालुवाडी, पथरीया केचना र घेराबारीलाई कचनकवल गाँउपालिका बनाउने, हल्दिबारी, जलथल र गोलधापलाई हल्दिबारी गाँउपालिका बनाउने, राजगढ, चकचक्की र डाँगीबारीलाई बाह्रदशी गाँउपालिका बनाउने निर्णय गरेको छ ।
त्यस्तै कुमरखोद, टागनडुब्बा र शरणामति गाविसलाई झापा गाँउपालिका बनाउने, धरमपुर पाँचगाछीलाई शिवसताक्षी नगरपालिकामा गाभ्ने, गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारीलाई गौरिगञ्ज गाँउपालिका बनाउने, बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने, लखनपुर र तोपगाछीलाई कमल गाँउपालिका बनाउने दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने र डाँगीबारी ४, शिवसताक्षी ५, ९ लाई कनकाई नगरपालिकामा गाभ्ने जिल्लास्थित पुनसंरचना प्रविधिक समितिले गरेकोे छ ।