Aamsanchar

मोरङमा माछा मार्ने क्रममा करेन्ट लाग्दा ३१ वर्षीय युवकको घटनास्थलमै मृत्यु

Author Image
आइतवार, भदौ ६, २०७८

विराटनगर –खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा शनिबारसाँझ एक जनाको मृत्यु भएको छ। स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार अचानक करेन्ट लाग्दा विष्णुको घटनास्थलमै मृत्यु भएको हो।

माछा मार्नका लागि विष्णुसँग उर्लाबारी–१ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५० वर्षीय मिलन राई पनि गएको प्रहरीले जनाएको छ। लालबहादुर र मिलनसहित केही स्थानीयलाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ एवं अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर