Aamsanchar

फलोअप :‘प्रकाश बचाउ अभियान’ मा २५० जनाले गरे सहयोग, ७ लाख ५० हजार जम्मा (दाताको नामावली सहित)

Author Image
आइतवार, भदौ ६, २०७८

चारपाने । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण दुईवटा घुडाको पाङग्रा र दुईवटै तिघ्राको हड्डीे अप्रेसन गर्न नसकेर ३ बर्ष देखि ओछ्यानमा थलिएका झापा बिर्तामोड–२ चारपानेका प्रकाश शर्मालाई उपचार सहयोग गर्नेहरुको संख्या २ सय ५० भन्दा धेरै पुगेको छ ।

शनिबार प्रकाश बचाउन अभियान समितिको बैठकमा स्थानिय र देश विदेशबाट नगद तथा बैंक मार्फत सहयोग पठाउने क्रम जारी रहेको अभियानका संयोजक डिल्लीराम सिटौलाले जानकारी दिए ।

गत साउन २२ गते आमसंचार डटकममा झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै विष बने पछि ३ बर्ष देखि ओछ्यानमा शिर्षक समाचार प्रकाशन भएपछि विभिन्न ठाउँबाट दाताहरुले सहयोग गर्नेक्रम सुरु भएको थियो ।

प्रकाशको उपचारको लागि व्यक्ती वा संस्थागत ५ सय देखि ५० हजार १ सय सम्म दाताहरुले एकमुस्ट रकम सहयोग गरेका छन् । हाल सम्ममा ७ लाख ५० हजार भन्दा धेरै रकम संकलन भईसकेको अभियानका सदस्य किरण पौडेलले बताए ।

शर्माको उपचारमा १२ देखि १५ लाख सम्म लाग्ने अनुमान गरिएको छ । यसैगरी मनकारी दाताहरुले थोरै थोरै भए पनि सहयोग गर्दै जाने हो भने अबको केही दिनमै प्रकाशको उपचार प्रक्रिया अघि बढाईने अभियानका सदस्य अर्जुन मैनालीले आमसंचारलाई बताए ।

‘प्रकाश बचाउन अभियान’ मा ५ हजार देखि माथी सहयोग गर्ने दाताहरुको नामावली निम्न अनुसार रहेको छ ।
अर्जुन मैनाली २५००० ।
शिवप्रसाद साह २५५२५।
ललन साह ५१००।
सीता मिश्र ५१००।
दिपक बर्मन ५१००।
सविता सापकोटा निरौला ५१००।
मनोज चौहान ११०००।
पुनिता शेर्पा गुरुङ ५१००।
ॐ साई चारपाने १०,०००।
रञ्जु थापा ५५५५।
प्रस्ना भट्टराई ६१००।
राजेश कट्टेल ५१००।
निर्मल खतिवडा ५१००।
पंकज राई १०,०००।
पंकज बजगाई १०,०००।
रिना भट्टराई १०५००।
नारायण अधिकारी १०,०००।
जीवन संग्रौला ५१००।
रेजिना ओली ५१००।
टिका धिताल ११,१११।
सञ्जय ढकाल ५०००।
खेम संग्रौला ५१००।
जितेन्द्र कटुवाल ५१००।
निस्मा खरेल ५०००।
डिल्लीराम सिटौला ११०००।
पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट बैंक ५१००।
निल डेविड कटुवाल ५०००।
प्रदिप पौडेल ५१००।
गोपाल भट्टराई ५५५५।
कमल गिरी १०,४४६।
रचना सिटौला ८०००।
राजन पौडेल १२,०००।
दिपक/प्रदिव ईटा उद्योग ११०००।
कृष्ण खतिवडा ५१००।
जीवन ओडारी ५०११।
टुका पौडेल ५५५५।
सुवास खरेल ५१००।
सोनिमा गिरी १०,०७३।
कृष्ण गिरी ७६९९।
शिवम् ट्रेड १०,१००।
गंगा कार्की ८००५।
मोहन भेटुवाल ५१००।
भवानी/कुमारी राजवंशी १०,०००।
युवराज चापागाइँ ५०००।
ज्योती सिटौला १०,०००।
प्रजेश संजेल १०,०१०।
दिपेन्द्र निरौला ५५००।
लायन्स क्लव अफ बिर्तामोड लेडी २०,०००।
सभारी चौधरी ५०००।
हिमाल पाण्डे ५०५०।
तेजु भण्डारी ५५००।
सुकदेव राजवंशी ५१५१।
रोशन संग्रौला १२०००।
अञ्जु क्षेत्री १०,०००।
होम साह ५०,१००।
दिनेश कुमार ११९९९।
नितु कोईराला ५५५०।
लालबहादुर गिरी ५१००।
सृजना थपलिया १०,०००।

गजुरमुखी हाडवेयर चारआली (बिशाल बिमली) ५००१।

समितिले देश विदेशबाट प्रकाशलाई सहयोग गर्न सजिलो होस् भनेर विरामी प्रकाश शर्माको नाममा बैंक खाता पनि खोलेको छ । एनआईसी एशिया बैंकको खाता नंं L187001034352401 रहेको छ ।  खातावालाको पुरा नाम  (प्रकाश शर्मा) रहेको छ । सहयोग गर्न चाहाने दाताहरुले सिधै विरामीको खातामा रकम जम्मा गर्ने व्यवस्था समितिले मिलाएको छ ।

विरामीको बारेमा थप जानकारी प्राप्त गर्नको लागि ९८४२६३३९६८/९८४११४१४१४/९८२४०७९९०३ मा फोन गरेर पनि बुझन सकिने ‘प्रकाश बचाउँ’ अभियानका सचिव जगन्नाथ अधिकारीले जनाएका छन् ।

तलका समाचारहरु पनि पढनु होस् ।

झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा

समाचार प्रभाव : ‘प्रकाश बचाउँ अभियान’ समिति गठन

प्रकाशको जीवन बचाउन धन र मन भएकाहरुबाट सहयोग जुट्दै

‘प्रकाश बचाउ अभियान’मा लायन्स क्लव बिर्तामोड लेडीद्वारा सहयोग

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 507

प्रतिक्रिया (०)

सम्बन्धित खबर